• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पत्रकार महासंघ रुपन्देहीले बिरोध सभा गर्ने

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार १८:३१
    3.5K
    SHARES
    पत्रकार महासंघ रुपन्देहीले बिरोध सभा गर्ने

    बुटवल , १६ चैत  । नेपाल पत्रकार महासंघ रुपन्देहीले एभिन्युज टेलिभिजनका सञ्चारकर्मी सुरेस रजकको सुचना प्रवाहका क्रममा आन्दोलनकारीद्वारा गरिएको हत्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध चैत १६ गते पत्रकार महासंघ रुपन्देहीको कार्यालय परिसर ओमशान्ति मार्गमा बिरोध सभाको आयोजना गर्ने भएको छ ।

    महासंघले सनिबार ठिक ११ बजे बिरोध सभा आयोजना गरेको पत्रकार महासंघ रुपन्देहीका सचिब सी.पी. खनालले लुम्बिनीसञ्जाललाई बताए । उनले पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसको अवसरमा आयोजना गरेको पुर्वनिर्धारित फुटसल प्रतियोगिता समेत स्थगित गरि आन्दोलनका कार्यक्रम अगाडि सारेको बताए ।

    सचिब खनालले जिल्लामा सक्रिय सम्पुर्ण पत्रकार , अधिकारकर्मी , मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधर सम्पुर्णमा उपस्थिति भई बिरोध सभामा सहभागिताका लागि अनुरोध समेत गरेका छन् ।



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार १८:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP