• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल : चैत्र १३ गते बुधबार

    • lumbinisanjal
    • २०८१ चैत्र १३, बुधबार ०३:०३
    2.7K
    SHARES
    ॐ पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल : चैत्र १३ गते बुधबार

    मेष: दिन शुभ फलदायक छ । शारीरिक स्वस्थता, लाभ, सन्तोष, द्रव्य लाभ, उत्तम भोजन होला ।

    वृष: समय शुभ छ । राज्यसुख, राजनीतिक सफलता, कार्य सिद्धि, शारीरिक स्वस्थता होला ।

    मिथुन: दिनको शुरुवातमा स्वास्थ्य समस्या देखिए पनि मध्याह्नपछि भने सुख–समृद्धि हुनेछ ।

    कर्कट: समय शुभ छ । समस्याको समाधान, मान–सम्मान होला तर मध्याह्नपछि भने कष्ट होला ।

    सिंह: दिन शुभ फलदायक छ । आर्थिक लाभ, सफलता, प्रतिस्पर्धामा विजय, प्रतिष्ठामा वृद्धि होला ।

    कन्या: शुभ समयको आगमन भएकाले कार्य सिद्धि, सुख–सन्तोष, शत्रु विजय, पारिवारिक सुख हुनेछ ।

    तुला: दिनको शुरुमा पेट गडबड, तनाव भए पनि दिउँसोबाट कार्य सफल, तनाव मुक्त होला ।

    वृश्चिक: धन–प्रतिष्ठा वृद्धि, सफलताको योग भए पनि दिउँसोबाट भने तनाव नहोला भन्न सकिन्न ।

    धनु: दिन शुभ भएकाले आर्थिक लाभ, पराक्रम वृद्धि, उन्नति–प्रगतिको अवसर, प्रसन्नता होला ।

    मकर: सानै प्रयासबाट पनि अन्नलाभ, उत्तम भोजन, आर्थिक लाभ, कार्य सफल हुने देखिन्छ ।

    कुम्भ: शुरुमा खर्च, कार्य बाधा भए पनि मध्याह्नबाट सुख, उपहारादि वस्तु प्राप्ति हुने देखिन्छ ।

    मीन: मिष्ठान्न भोजन, द्रव्य लाभको सम्भावना छ तर दिउँसोदेखि भने स्वास्थ्य समस्या, खर्च होला ।



    lumbinisanjal   
  • २०८१ चैत्र १३, बुधबार ०३:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP