• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

    • lumbinisanjal
    • २०८१ चैत्र ४, सोमबार १५:५०
    3.2K
    SHARES
    प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

    काठमाडौं, ०४ चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त भएका वसन्त कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर सोमबार नै अवकाशमा जाने भएपछि सरकारले थापालाई महानिरीक्षक नियुक्त गरेको हो ।

    सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् । थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक हुन् । थापासँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए । नवनियुक्त प्रहरी महानिरीक्षक थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरिरहेका थिए ।

    उनीसँगै प्रतिष्पर्धामा रहेका तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको जिम्मेवारी छन् ।



    lumbinisanjal   
  • २०८१ चैत्र ४, सोमबार १५:५०
  • #dipak thapa

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP