• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपा बुटवल ११ को सभापतिमा युवानेता शाही

    • lumbinisanjal
    • २०८१ चैत्र २, शनिबार १८:४४
    7.5K
    SHARES
    रास्वपा बुटवल ११ को सभापतिमा युवानेता शाही

    बुटवल , ०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल वार्ड नम्बर ११ को प्रथम अधिवेशनले समाजसेवी एवम युवा नेता सुनिल शाहीलाई सभापतिमा चयन गरेको छ ।

    बुटवल ११ देविनगरमा पार्टीका कार्यबाहक सभापति डिपि अर्यालको प्रमुख आतिथ्यतामा भएको प्रथम अधिवेशनले शाहीको नेतृत्वमा समिति चयन गरेको हो ।

    युवा नेता एवम नवनिर्वाचित सभापती शाही बिभिन्न संघसंस्थामा आवद्ध रहि हरेक सामाजिक गतिविधिमा उल्लेख्य सहभागीता जनाउने व्यक्ती हुन् ।

    समितिको उपसभापतिमा सरोज खनाल,सचिवमा देवी पौडेल घर्ती मगर चयन भएका छन् । त्यस्तै सदस्यहरूमा लिलाधर जैशी,मन्जु पाण्डे,दुर्गा खनाल,रामचन्द्र तिवारी,सुनिल बानिया,हरिलाल भुसाल,झुमा खत्री,झुमा भट्टराई , अनिता पन्थी चयन भएका छन् ।

    वडा समितिदेखि केन्द्रसम्म ११ सदस्यिय कार्यसमिति रहने रास्वपाले जनाएको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र २, शनिबार १८:४४
  • #sunil shahi

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP