• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    उपप्रधानमन्त्री सिंह भन्छन् – हल्लाको पछि नलागौँ, पूर्वविशिष्टलाई सुविधा दिने तयारी छैन

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार १२:०६
    2.8K
    SHARES
    उपप्रधानमन्त्री सिंह भन्छन् – हल्लाको पछि नलागौँ, पूर्वविशिष्टलाई सुविधा दिने तयारी छैन

    पाल्पा , ०१ चैत । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारे ।

    यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको मन्त्री सिंहको भनाइ थियो । ०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणमा सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रस्ट पारे ।

    अहिले सरकारविरुद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै उपप्रधानमन्त्री सिंहले यथार्थ बुझ्नुपर्नेमा जोड दिए । उनले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्न सक्ने अवस्था आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराए ।



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार १२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP