• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    क्यान ‘बिटुसि’ समिट सम्पन्न : डिजिटल नेपाल निर्माणमा जाेड, ५ हजार बढीले अवलोकन

    • lumbinisanjal
    • २०८१ फाल्गुन २८, बुधबार १५:४३
    2K
    SHARES
    क्यान ‘बिटुसि’ समिट सम्पन्न : डिजिटल नेपाल निर्माणमा जाेड, ५ हजार बढीले अवलोकन

    बुटवल , २८ फाल्गुण । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजनामा नेपालकै पहिलो बीटुसी समिट बुटवलमा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको समिटको औपचारिक समापन सोमबार सिद्धार्थ कटेज, मिलनचोकमा विशेष कार्यक्रम गरी गरिएको हो ।
    समिटको समापन कार्यक्रममा क्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुनौना घिमिरे पाण्डेले नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयाे । उहाँले तीन तहका सरकार रहेको भए पनि सूचना तथा सञ्चार क्षेत्रमा अपेक्षित प्रगति नभएको उल्लेख गर्दै डिजिटल नेपाल निर्माणका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भयाे।

    क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरले रूपन्देहीबाट सुरु भएको बीटुसी समिटलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिनुभयाे । बुटवल उपमहानगरपालिकाका सामाजिक परिचालन, अन्तरसरकारी तथा संघसंस्था समन्वय शाखा अधिकृत दामोदर ज्ञवालीले सूचना प्रविधिको युगलाई आत्मसात गर्दै डिजिटल प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राख्नुभयाे ।

    कार्यक्रममा क्यान महासंघ नेपालका पूर्व अध्यक्ष रञ्जीत कुमार गोदार, क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारी, उपाध्यक्ष एवं समिट संयोजक विरबहादुर क्षेत्री लगायतले भनाई राखनुभएकाे थियाे ।

    क्यान रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिट अवलोकन गर्न ५ हजार बढी दर्शक उपस्थित भएका थिए । समिटलाई सफल बनाउन विभिन्न ब्राण्ड कम्पनीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।

    सूचना प्रविधि क्षेत्रको विकास र डिजिटल नेपालको निर्माणमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको बीटुसी समिटले प्रविधिप्रेमीहरूबीच उत्साहजनक सहभागिता र सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २८, बुधबार १५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP