• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    विपक्षी दलहरूको बैठक बस्दै

    • lumbinisanjal
    • २०८१ फाल्गुन २१, बुधबार ०५:५९
    3.2K
    SHARES
    विपक्षी दलहरूको बैठक बस्दै

    काठमाडौं,२१ फाल्गुन ।  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

    बैठक मध्याह्न १२ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

    प्रतिनिधिसभा बैठकमा आज सरकारले ल्याएका पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेपछि अध्यादेशविरुद्ध रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

    विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आम जनता पार्टी (आजपा) लगायतका दलहरू बैठकमा सहभागी हुने बताइएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २१, बुधबार ०५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP