• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    क्यान रूपन्देहीले बुटवलमा फाल्गुन २६ र २७ गते बिजनेस कस्टमर समिट आयाेजना गर्ने

    • lumbinisanjal
    • २०८१ फाल्गुन २१, बुधबार ०३:४१
    4.2K
    SHARES
    क्यान रूपन्देहीले बुटवलमा फाल्गुन २६ र २७ गते बिजनेस कस्टमर समिट आयाेजना गर्ने

    बुटवल , २१ फाल्गुन । क्यान महासंघ रूपन्देहीले बुटवलमा फागुन २६ र २७ गते बिजनेस कस्टमर समिट २०२५ आयाेजना गर्ने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर क्यानले यसबारे जानकारी दिएकाे हाे । क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारीले ब्रान्ड लक्षित कार्यक्रमलाई याे प्रदशर्नीमा ध्यान दिइएकाे बताए ।

    आइटिकाे चासाे राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेकाे तर यसमा आर्थिक काराेबारकाे कुनै लक्ष्य नरहेकाे उनलेे बताए । ” प्रदर्शनी भन्ने, आफ्नो सामानकाे जानकारी दिन टिकट लिने विषय उचित नभएकोले यसलाई निःशुुल्क प्रवेशकाे व्यवस्थापन गरिएको छ, लक्षित समूहलाई यसमा सहभागी गराउने मुख्य लक्ष्य हाे” उनले भने ।

    क्यान महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष नारायणप्रसाद श्रेष्ठले नयाँ प्रविधि के हो ? भन्ने विषयमा नयाँ कन्सेप्ट लिएर कार्यक्रम गर्न लागेकोले सबैलाई सहभागिताका लागि आग्रह गरे ।

    स्वागतसहित संयाेजक तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीले विगतमा क्यान इन्फाेटेक गर्दै आएकोमा अहिले नयाँखालकाे कार्यक्रम ल्याएकाे बताए । अवलाेकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिकाे विषयमा जानकारी दिने मुख्य उदेश्य रहेकाे उनको भनाइ छ ।

    इन्फाेटेककाे रूपान्तरण हाे, आइटी पढ्ने, चासाे राख्ने र यसकाे नीति बनाउनेलाई सहभागी गराउने मुख्य लक्ष्य रहेकाे क्यान लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनालले बताए । उनलेे प्रदेशका सबै जिल्ला केन्द्रीकृत रहेर यस्ता कार्यक्रम ध्यान दिइएकाे जनाए ।

    क्यान महासंघ रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले कार्यक्रमको सन्चालन गर्दै आइटी सम्बन्धि अध्ययन गरेका विद्यार्थी र व्यवसयीहरुलाई लक्षित हुनेगरी बुटवलमा यो कार्यक्रम सुरु गरिएको र करिब ५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २१, बुधबार ०३:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP