• २०८३ आश्विन ४ | Sun, 20 Sep 2026
  • Dark Mode

          Subscribe

    नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा दीप प्रज्वलन

    • lumbinisanjal
    • २०८३ भाद्र २२, सोमबार १८:४४
    481
    SHARES
    नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा दीप प्रज्वलन

    बुटवल । हालैको विनाशकारी बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुटवलमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

    नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको हो।

    साथै विपत्तिमा प्रभावित तथा घाइतेहरूको शीघ्र उद्धार, उपचार र स्वास्थ्यलाभको कामना गरिएको थियो।

    कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कुसुमराज ज्ञवाली, नेपाल भ्यालुएर्स संघका केन्द्रीय उपाध्यक्ष यमलाल पाण्डे, नेपाल इन्जिनियर्स एसोसिएसनका पदाधिकारी एवम सदस्य लगायत इन्जिनियरिङ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपत्तिका बेला सबै पक्ष एकजुट भएर उद्धार, राहत तथा पुनःस्थापनामा जुट्नुपर्नेमा जोड दिएका थिए।

    बुटवल–४ स्थित NEA भवनमा सम्पन्न दीप प्रज्वलन कार्यक्रमले विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक संवेदना र ऐक्यबद्धता प्रस्तुत गरेको थियो।



    lumbinisanjal   
  • २०८३ भाद्र २२, सोमबार १८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP