• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    देश रोइरहेको छ म हाँसु कसरी? असह्य पीडा सहेर अब बाँचु कसरी?

    • lumbinisanjal
    • २०८३ भाद्र १२, शुक्रबार ०९:०९
    637
    SHARES
    देश रोइरहेको छ म हाँसु कसरी? असह्य पीडा सहेर अब बाँचु कसरी?

    देश रोइरहेको छ म हाँसु कसरी?
    असह्य पीडा सहेर अब बाँचु कसरी?
    आशा बगायो यहाँ भरोसा बगायो,
    यो दर्दनाक अबस्थाले दुधे बालक अघायो।
    सपना उडायो आशाका तेन्द्रा चुँडायो,
    यो महाविपत्तिले सबैको होस उडायो।
    ग्याँस, दाउरा,माछा सुनको गहना देखियो,
    दानवरुपी तिम्रो कर्तुत इतिहासमा लेखियो😥
    मान्छे भित्रै ईश्वर हुन्छ मान्छे भित्रै दानव,
    सबै देख्दा लास नदेख्ने कलियुगको मानव😥😥

    महाविनासकारी यो बाढीले हामी सबै नेपालीहरुलाई रुवाएको छ😥 कैयौं सपना बगायो, कसैको आशा र भरोसा बगायो,
    कसैको श्री सम्पत्ति बगायो, धेरैको जिन्दगी नै बगायो😥😥
    यस्तो असह्य पीडामा रोइरहेको मेरो देशलाई हँसाउनु छ, बेसाहारा बनेका सबैको घर बसाउनु छ, यो कहालिलाग्दो अवस्थामा पनि अवसर खोज्नेलाई कारागारमा पसाउनु छ😥

    दैवीप्रकोपको हामी कसैको नियन्त्रणमा थिएन।जे नहुनु थियो त्यो भैसकेको छ अब जे  जति छ त्यो सुरक्षित होस हे भगवान🙏😥 यो विनासकारी बाढीको कारणले अकालमा ज्यान गुमाउनुभएका सबैमा हार्दिक श्रद्धाञ्जली 🌺😥 जो यो पीडा सहेर जीवन जउनको लागि संघर्ष गर्दै उपचारार्थ हुनुहुन्छ सबैको सिघ्र स्वास्थ्य लाभको कामना🙏जो सम्पर्क बिहिन हुनुहुन्छ छिटोभन्दा छिटो सकुशल सम्पर्कमा आउनुहोला हाम्रो कामना🙏😥
    यो बिनासकारी बाढीको चपेटामा परि हारगुहार गरिरहेका नागरिकलाई पहिलो प्राथमिकतामा राख्दै सरकारले गरेको उद्दार तथा राहतको काम सराहनीय छ। यो विपदको घडीमा सरकार हाम्रो साथमा छ है भन्ने आभास दिलाएकोमा सरकार प्रमुख प्रधानमन्त्री बालेन्द्र कुमार शाह (वालेन) र सबै सरकारका प्रतिनिधिहरु, सुरक्षाकर्मी :-नेपाल प्रहरी , नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, उद्दारकर्मी ,विभिन्न संघसंस्था, पत्रकारहरु र उद्दार तथा राहातमा जो जहाँ छौ त्यहीँबाट सक्दो सहयोगमा खटिनुभएका सबै नेपालीहरुमा यो पीडामा मलमपट्टी लगाउन उत्प्रेरित गर्नुहुने सबै प्रति आभार प्रकट गर्दछु। यो विपत्तिलाई सबैले सक्दो सहयोग गरेर साम्य बनाउनु हामी सबै नागरिकको कर्तव्य हो।राज्यले चाहेको खण्डमा हामी सबै नागरिकलाई परिचालन गर्न सक्छ भने देश संकटमा पर्दा हामी सबैले हातेमालो गर्दै निकास दिलाउन सहयोगी बन्नु यो सच्चा नागरिकको कर्तव्य पनि हो र पुण्य कर्म पनि त्यसैले हामी नेपालीहरु विश्वको जुनसुकै कुनामा भएको भएतापनि यो संकटको घडिमा तन, मन र वचनले हामी एउटै छानामुनि छौ है भन्ने सन्देश दिनुछ सबैलाई । जसले जति सकिन्छ त्यति सहयोग गरौँ प्रधानमन्त्री राहातकोषको खाता नम्बर र क्युआर सार्बजनिक भएको छ सबै जुटौं सकेको सहयोग गरौँ यो महाविपदको रक्षाकवच वनेर एकै ठाउँमा उभिन सिकौं 🙏😥

    अन्त्यमा यो सोकको घडिमा पनि कसैलाई ग्यास प्यारो लाग्नु, कसैलाई दाउरा प्यारो लाग्नु, कसैलाई माछा प्यारो लाग्नु, कसैलाई लासमाथिको सुनको गरगहना प्यारो लाग्नु😥😥 यी सब हामी कलियुगका मानव भित्रको दानवीय पन जति लुकाउन खोज्दा पनि नसकेर आज देखिन पुगेको हो सबै देख्नेले ती लासहरु देखेनन ती जीउदा लासहरुलाई पनि यमराजले किन छाडलान र त्यसै😥
    जतिभन्दा पनि नलाग्ने हामी अहंकार र घमण्डले भरिएको मानसिकता लिएर जन्मिएका मानवहरु ती क्षेदविक्षेद लासहरु, कसैको हात खुट्टा चुडिएको, कोही अड्किएका कोही बगरमा,कोही पुलपुलेसामा ती दर्दनाक लासमाथी कसैले आसक्ति पन देखाएको हे भगवान😥यस्ता फोटा भिडियो सेयर गरेर सस्तो मानवता देखाउन बन्द गर्दिनुसन बिन्ती😥😥

                                  विशाल भण्डारी
    (धुर्कोट गाउँपालिका, गुल्मी)
    हाल- जापान🇯🇵



    lumbinisanjal   
  • २०८३ भाद्र १२, शुक्रबार ०९:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP