• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

    • lumbinisanjal
    • २०८३ भाद्र ११, बिहीबार ०७:४८
    585
    SHARES
    रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

    बैठक बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    बैठकमा बाढीबाट उत्पन्न परिस्थितिमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय र आगामी कदमबारे छलफल हुनेछ । यस्तै, बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन र पछिल्लो अवस्थाबारे छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए ।

    बढीले रसुवागढी क्षेत्रसहित विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य जारी छ।



    lumbinisanjal   
  • २०८३ भाद्र ११, बिहीबार ०७:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP