• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने

    • lumbinisanjal
    • २०८३ भाद्र ३, बुधबार १३:१७
    572
    SHARES
    कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने

    बुटवल‌ । नेपाली कांग्रेसको १५औँ महाविधेशन प्रक्रिया रोक्न माग गर्दै संस्थापनइतर समूह (देउवा समूह) सर्वोच्च अदालत जाने भएको छ । पार्टीको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा एकतर्फी महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै उनीहरू सर्वोच्च जान लागेका हुन् ।

    संस्थापन समूहले मंगलबार १५औँ महाविधेशनको कार्यतालिका संसोधनसहित ल्याएपछि इतर समूहको कानुन समितिले यसमा छलफल गरिरहेको नेता मीन विश्वकर्माले जानकारी दिए । कानुन समितिको संयोजकमा नेता रमेश लेखक छन् ।

    अदालतले मुद्दालाई सुरुदेखि नै हेर्ने भनेर अनुमति दिइसकेको अवस्थामा अधिवेशन प्रक्रिया अगाडि बढाउनु गलत भएको इतर समूहका नेताहरू बताउँछन् ।

    सर्वोच्च अदालतले गत २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो । यो आदेशसँगै कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा फेरि सुरुदेखि नै सुनुवाइ हुने बाटो खुलेको छ ।



    lumbinisanjal   
  • २०८३ भाद्र ३, बुधबार १३:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP