• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’ आज, देउवा प्रमुख अतिथि

    • lumbinisanjal
    • २०८३ श्रावण २९, शुक्रबार १०:२१
    273
    SHARES
    कांग्रेस संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’ आज, देउवा प्रमुख अतिथि

    बुटवल । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’ आजदेखि सुरु हुँदैछ।

    शुक्रबार बिहान ११ बजे काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा उद्घाटन हुने ‘राष्ट्रिय भेला’ साउन ३१ गतेसम्म चल्ने कार्यतालिका छ।

    साढे ५ महिना सिंगापुर–हङकङ बसेर बिहीबार मात्रै स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर पक्षले राष्ट्रिय भेला गर्न लागेको हो।

    गत पुस २७–३१ मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापामाथि दबाब बढाउन देउवा पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो।

    पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा हुने राष्ट्रिय भेलामा नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला लगायतलाई विशिष्ठ अतिथिका रूपमा आसन ग्रहण गराउने तयारी छ।

    भेलामा ४५ सय नेता–कार्यकर्ताको सहभागिता रहने भेलाका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले बताए। राष्ट्रिय भेला स्थलमा करिब ५५ सय कुर्सीको व्यवस्था मिलाइएको छ। मञ्चमा निवर्तमान सभापति देउवा र भेलाका संयोजक शशांक कोइरालालाई विशेष कुर्सीको व्यवस्था गरिएको छ।

    उद्घाटन सत्रमा अतिथिहरूको भाषणा सुन्न मन्चको अगाडिपछाडि गरी ६ वटा डिजिटल बोर्ड राखिएको छ।

    राष्ट्रिय भेलाका प्रतिनिधिलाई ओमसाई क्याटरिङले दुई दिनको खाना खुवाउने छ। भेलाको भोजन व्यवस्थापन उपसमितिका संयोजक पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले शनिबार र आइतबार मात्र खानाको व्यवस्था गरिएको बताए।

    पार्टीको आधिकारिता विवादमा पुनः सुनाइका लागि सर्वोच्च अदालतले साउन २१ मा निस्सा दिएपछि भेलालाई नीति सम्मेलन र शक्ति प्रदर्शनका रूपमा मात्र सीमित राख्ने इतर पक्षका नेताहरूले बताएका छन्।



    lumbinisanjal   
  • २०८३ श्रावण २९, शुक्रबार १०:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP