• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    पत्रकार किशोर श्रेष्ठ पक्राउ

    • lumbinisanjal
    • २०८३ श्रावण २७, बुधबार २३:११
    260
    SHARES
    पत्रकार किशोर श्रेष्ठ पक्राउ

    बुटवल । पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

    श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।

    श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।

    श्रेष्ठमाथि रास्वपाका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन गरिरहेको तस्बिर सार्वजनिक गरेको आरोप छ।

    ती युवतीले व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी दिएकी थिइन्।

    साथै उनले एक भिडियो सन्देश जारी गर्दै सो फोटो गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको र त्यसमा कुनै सत्यता नभएको बताएकी छन्।



    lumbinisanjal   
  • २०८३ श्रावण २७, बुधबार २३:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP