• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रुसद्वारा युक्रेनको राजधानीमा भीषण हमला, १४ जनाको मृत्यु, कम्तीमा २२ घाइते

    • lumbinisanjal
    • २०८३ श्रावण २०, बुधबार ११:५१
    663
    SHARES
    रुसद्वारा युक्रेनको राजधानीमा भीषण हमला, १४ जनाको मृत्यु, कम्तीमा २२ घाइते

    एजेन्सी । रुसले मंगलबार अबेर राति युक्रेनको राजधानी किभमा भीषण हवाई हमला गरेको छ। युक्रेनी अधिकारीहरूले रुसले धेरैवटा क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन्।

    बीबीसीका अनुसार युक्रेनको सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले भने, ‘शत्रुले फेरि एकपटक किभमा ठुलो आक्रमण गरिरहेको छ।’

    मंगलबार राति सहरभित्र र बाहिर धेरैवटा क्षेप्यास्त्र खसेको बताइएको छ।

    तकाचेन्कोले बोरिसपिल जिल्लामा नौ जना, बुचा जिल्लामा चार जना र फास्टिभ जिल्लामा एक जनाको मृत्यु भएको बताए।

    अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा २२ जना घाइते भएका छन्।

    युक्रेनी सेनाले रुसले जानाजानी नागरिक र आवासीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ।

    रुसले भने आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।



    lumbinisanjal   
  • २०८३ श्रावण २०, बुधबार ११:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP