• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    सीप सिक्दै करिअर निर्माण : वेस्टर्न मेगा कलेजमा ३० दिने निःशुल्क तालिम सुरु

    • lumbinisanjal
    • २०८३ जेष्ठ २५, सोमबार १३:०७
    65
    SHARES
    सीप सिक्दै करिअर निर्माण : वेस्टर्न मेगा कलेजमा ३० दिने निःशुल्क तालिम सुरु

    बुटवल, २५ जेठ ।  बुटवल–१५, ढवाहस्थित वेस्टर्न मेगा कलेजले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै ३० दिने निःशुल्क सीपमूलक हस्पिटालिटी तालिम सुरु गरेको छ।

    कलेजका अनुसार रुपन्देहीका विभिन्न विद्यालयबाट करिब ५० जना विद्यार्थी तालिममा सहभागी भएका छन्। तालिमअन्तर्गत बेकरी एण्ड किचेन, बारिस्टा तथा एफ एण्ड बी सर्भिस, र गेष्ट ह्यान्डलिङ एण्ड हाउसकिपिङ विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

    विद्यार्थीहरूको फुर्सदको समयलाई सीप विकासमा उपयोग गर्दै आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले जानकारी दिए। उनले तालिममा सहभागीका लागि निःशुल्क दर्ता, निःशुल्क प्रशिक्षण तथा तालिम सम्पन्न भएपछि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको बताए।
    बीएचएम संयोजक सेफ विकास खत्रीका अनुसार तालिम दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। सहभागी विद्यार्थीलाई अतिरिक्त सुविधाका रूपमा ‘फ्री स्विमिङ’ समेत उपलब्ध गराइएको छ।

    सन् २०१३ देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले अन्तर्राष्ट्रिय सम्बन्धनसहितको व्यावहारिक शिक्षामार्फत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी बजारका लागि सक्षम बनाउँदै आएको जनाएको छ। कलेजमा हाल स्नातक तहमा BIT र BHM तथा स्नातकोत्तर तहमा MBA कार्यक्रम सञ्चालनमा रहेका छन्।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २५, सोमबार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP