• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    हाडहाडे गुल्मी जिल्लाकै पाँचौ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

    • lumbinisanjal
    • २०८३ जेष्ठ १, शुक्रबार १५:५०
    468
    SHARES
    हाडहाडे गुल्मी जिल्लाकै पाँचौ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

    गुल्मी,१ जेठ । गुल्मी जिल्लाकै पाँचौँ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै धुर्कोट गाउँपालिका–३ हाडहाडेले नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

    धुर्कोट गाउँपालिकाको आयोजनामा सम्पन्न घोषणा सभाको उद्घाटन गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले बालबालिकाको अधिकार, शिक्षा, सुरक्षा र सहभागितालाई सुनिश्चित गर्दै गाउँपालिकाले बालमैत्री अभियानलाई अझ प्रभावकारी बनाउने बताउनुभयो ।

    जिल्लाका ९३ वडामध्ये धुर्कोट–३ हाडहाडे बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने पाँचौँ वडा बनेपछि जिल्ला समन्वय समिति गुल्मी र धुर्कोट गाउँपालिकाले वडालाई नगदसहित कदरपत्र प्रदान गरेका छन् ।

    कार्यक्रममा विभिन्न संघसंस्था तथा योगदानकर्तालाई सम्मान गरिएको थियो । विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरे, गाउँपालिका उपाध्यक्ष सीता गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्कबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    स्थानीयबासीको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    वडाध्यक्ष पदमबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव नारायणप्रसाद पन्थीले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ १, शुक्रबार १५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP