• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रादेशिक अस्पतालमा ‘न्यूट्रास्युटिकल्स’ लेख्न रोक

    • lumbinisanjal
    • २०८३ बैशाख २३, बुधबार ००:१५
    949
    SHARES
    लुम्बिनी प्रादेशिक अस्पतालमा ‘न्यूट्रास्युटिकल्स’ लेख्न रोक

    बुटवल,२३ वैशाख ।  लुम्बिनी प्रादेशिक अस्पतालले अबदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘न्यूट्रास्युटिकल्स’ (खाद्य पूरक/भिटामिन जस्ता सामग्री) बिरामीलाई prescribe (लेखेर दिन) नगर्न निर्देशन दिएको छ।

    अस्पतालले जारी गरेको सूचनाअनुसार केही चिकित्सकहरूले बिरामीलाई यस्ता सामग्री लेखेर दिने गरेको गुनासो आएको थियो। तर, ती सामग्रीहरू औषधि व्यवस्था विभागमा दर्ता नभएको, उपचार प्रणालीभित्र स्पष्ट मापदण्डमा नपरेको तथा वैज्ञानिक प्रमाणसमेत पर्याप्त नभएकाले यसको प्रयोगले बिरामीको आर्थिक भार बढाउने र उपचारमा असर पार्ने देखिएको जनाइएको छ।

    यसैलाई ध्यानमा राख्दै अस्पतालले सबै विभाग, वार्ड र शाखामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीलाई अबदेखि न्यूट्रास्युटिकल्स नलेख्न  निर्देशन दिएको हो।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमद्वारा हस्ताक्षरित उक्त सूचनामा वैज्ञानिक आधारमा आधारित उपचारलाई मात्र प्राथमिकता दिन आग्रह गरिएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख २३, बुधबार ००:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP