• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    हिजो घटेको सुनको मूल्यमा आज पनि गिरावट, चाँदी थप महँगियो

    • lumbinisanjal
    • २०८३ बैशाख २१, सोमबार ११:०३
    520
    SHARES
    हिजो घटेको सुनको मूल्यमा आज पनि गिरावट, चाँदी थप महँगियो

    बुटवल ,२१ वैशाख । हिजो तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ।

    सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ थियो।

    शुक्रबार सुनको भाउ तोलामा ३४ सय रुपैयाँ बढेर २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको थियो। त्यसैगरी चाँदीको भाउ भने आज पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको ५ हजार ३० रुपैयाँ पुगेको छ।

    गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।



    lumbinisanjal   
  • २०८३ बैशाख २१, सोमबार ११:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP