• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

    • lumbinisanjal
    • २०८३ बैशाख १८, शुक्रबार १६:४५
    403
    SHARES
    फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

    पोखरा ,१८ वैशाख । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।

    उनका अनुसार बालक तालमा डुबेर बेपत्ता भएको सूचनापछि कालिका गणबाट प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सात जनाको गोताखोर सहितको टोली परिचालन गरिएको थियो ।

    उद्धार टोलीले खोजीका क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो । उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकामा दिउँसो करिब १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरी उपरीक्षक सिंहले बताए ।



    lumbinisanjal   
  • २०८३ बैशाख १८, शुक्रबार १६:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP