• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी

    • lumbinisanjal
    • २०८१ फाल्गुन १२, सोमबार ०७:०५
    1.8K
    SHARES
    महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा प्रभातफेरी

    काठमाडौं , १२ फाल्गुन । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी गरिएको छ ।

    आज पशुपति क्षेत्र विकास कोषको आयोजनामा गरिएको प्रभातफेरीमा सहभागी हुन मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका थिए ।

    प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागी भएका थिए। प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो।

    पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरी पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुनः मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो ।

    प्रभातफेरीपछि मन्दिर परिसरको निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनहरूलाई सहज दर्शनको व्यवस्था मिलाउन कोषलाई निर्देशन दिए। महाशिवरात्रिको पूर्व सन्ध्याको सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो ।

    यसैबीच, कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ । आगामी बुधबार परेको महाशिवरात्रिमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी छ। साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ ।

    शिवरात्रिमा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ। शिवरात्रिको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १२, सोमबार ०७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP