• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    जन्मदिनमा भजन–कीर्तन: चिरन क्षेत्रीको उदाहरणीय अभ्यासले दियो सकारात्मक सन्देश

    • lumbinisanjal
    • २०८३ बैशाख ९, बुधबार १२:४३
    1.5K
    SHARES
    जन्मदिनमा भजन–कीर्तन: चिरन क्षेत्रीको उदाहरणीय अभ्यासले दियो सकारात्मक सन्देश

    बुटवल, ९ बैशाख । सामाजिक युवा अभियन्ता चिरन क्षेत्रीले आफ्नो जन्मदिन भजन–कीर्तन कार्यक्रम आयोजना गर्दै अर्थपूर्ण तरिकाले मनाएका छन्। पछिल्लो समय नयाँ पुस्तामा धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति चासो घट्दै गएको सन्दर्भमा क्षेत्रीको यो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, शंकरनगर बनबाटिका चोकमा आयोजित कार्यक्रममा क्षेत्रीका परिवारजन तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको व्यवस्थापनबारे जानकारी दिँदै अर्का स्वास्थ्य तथा सामाजिक अभियन्ता भरत क्षेत्रीले समुदायस्तरमै उत्साहजनक उपस्थिति रहेको बताए।

    कार्यक्रममा भजन, आरतीसँगै नाचगान गर्दै सहभागीहरूले खुसी साटासाट गरेका थिए। पछिल्लो समय जन्मदिनमा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा सांस्कृतिक परम्परा जोगाउँदै सादगीपूर्ण रूपमा जन्मदिन मनाउन पाउँदा आफूलाई विशेष सन्तुष्टि मिलेको चिरन क्षेत्रीले बताए।

    उनी विगतका वर्षहरूमा पनि जन्मदिनलाई सन्देशमूलक ढंगले मनाउँदै आएका छन्, जसले युवा पुस्तालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने विश्वास लिइएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ९, बुधबार १२:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP