• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार ०९:०४
    494
    SHARES
    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    दाङ,६ बैशाख । लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ ।

    बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

    यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार ०९:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP