• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी

    • lumbinisanjal
    • २०८३ बैशाख २, बुधबार ११:०३
    1.1K
    SHARES
    रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी

    काठमाडौँ ,२ बैशाख । रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। दोलखाबाट ल्याएर कालिमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ८२.१४०१ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    समितिका अनुसार कालिमाटी तरकारी बजारस्थित पसल नम्बर ३५०४ उत्तम प्रसाद रेग्मीले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको मात्रा बढी भएको पाइएको हो । उक्त रायोको सागमा कार्वामेटको मात्रा पनि २०.०७६१ प्रतिशत भेटिएको छ ।

    बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख २, बुधबार ११:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP