• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

    • lumbinisanjal
    • २०८२ कार्तिक १०, सोमबार १३:३८
    1.9K
    SHARES
    देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

    काठमाडौँ ,१० कार्तिक । जल तथा मौसम विज्ञान विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने विभागले जानकारी दिएको छ ।

    विभागले जारी गरेको बुलेटिनअनुसार आज रातिदेखि पर्सि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुनेछ ।

    यस प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । विशेषगरी, एक–दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

    विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा वा सो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन विभागले सुझाएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १०, सोमबार १३:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP