• २०८३ कार्तिक ९ | Sun, 25 Oct 2026
  • Dark Mode

          Subscribe

    केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार

    • lumbinisanjal
    • २०८२ कार्तिक ७, शुक्रबार १७:४६
    2.6K
    SHARES
    केराको विषयमा विवाद हुँदा छोराले गरे  बाबुमाथि बन्चरो प्रहार

    धादिङ,७ कार्तिक । सिद्धलेक -१ काँडेपानीमा छोराले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा घाईते भएका छन् ।

    एक घरी केराको विषयमा विवाद हुँदा छाेरा २८ वर्षीय पुरुषाेतम सिलवालले बाबु ६० वर्षीय एकबहादुर सिलवाललाई घरमै बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहारबाट बाबुको खुट्टामा गहिरो चाेट लागेकाेले उनकाे धादिङ अस्पतालमा उपचार भइरहेको सिद्धलेक गाउँपालिका पूर्व अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिए ।

    आराेपित छोरालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङकाे हिरासतमा राखिएको छ ।

    घरमा हल्ला भएकाे सुनेर बाबुछाेरा विवाद भएकाे स्थानमा पुगेका सिद्धलेक गाउँ पालिका पूर्वअध्यक्ष सिलवालले सुरुमा खुँडाले हान्न खोज्दा खाेसेर छुट्याए लगत्तै बन्चराेले प्रहार गरेका थिए ।

     



    lumbinisanjal   
  • २०८२ कार्तिक ७, शुक्रबार १७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP