• २०८३ आश्विन १९ | Mon, 05 Oct 2026
  • Dark Mode

          Subscribe

    १३ स्वर्ण जित्दै बुटवल डोजाङ बन्यो जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियन

    • lumbinisanjal
    • २०८३ आश्विन १९, सोमबार १५:४२
    143
    SHARES
    १३ स्वर्ण जित्दै बुटवल डोजाङ बन्यो जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियन

    यमुना थारु / बुटवल । तिलोत्तमा तेक्वान्दो एकेडेमीको आयोजनामा तिलोत्तमा नगरपालिका–४, सिमनगर हाटबजारमा सातौँ जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप–२०८३ सम्पन्न भएको छ।

    असोज १७ गते सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालय तथा डोजाङबाट २०० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

    कुल २४ स्वर्णसहित ९६ पदकका लागि भएको प्रतिस्पर्धामा बुटवल डोजाङ १३ स्वर्ण पदक जित्दै प्रथम भएको छ। त्यस्तै, गर्गी डोजाङ ८ स्वर्णसहित दोस्रो र बीपीएस ३ स्वर्णसहित तेस्रो भएका छन्।

    प्रतियोगितामा पुरुषतर्फ गर्गीका हेमन्त चौधरी उत्कृष्ट फाइटर घोषित भए भने महिलातर्फ अद्रिना क्षेत्री उत्कृष्ट फाइटर घोषित भएकी छन्।

    ‘Discipline, Respect, Self Control, Stronger Together’ अर्थात् अनुशासन, सम्मान, आत्मनियन्त्रण र एकतामा जोड दिँदै आयोजना गरिएको प्रतियोगिताले खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै तेक्वान्दो खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    त्यस्तै, ‘Small Steps, Big Dreams’ भन्ने सन्देशसहित आयोजना गरिएको प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकासमा सहयोग पुर्‍याउने विश्वास आयोजकको रहेको थियो।

    कार्यक्रममा तिलोत्तमा तेक्वान्दो एकेडेमीका अध्यक्ष विष्णु कुमार चौधरीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिका–४ का वडा अध्यक्ष हरबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिका रूपमा बिष्ट, मैत्रा न्यौपाने तथा वडा सदस्यहरूको सहभागिता रहेको थियो।
    आयोजक : तिलोत्तमा तेक्वान्दो एकेडेमी



    lumbinisanjal   
  • २०८३ आश्विन १९, सोमबार १५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP