• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिकाद्वारा घर–घरमै पुगेर अपाङ्गता भएका नागरिकलाई सहयोग सामग्री वितरण

    • lumbinisanjal
    • २०८२ मंसिर १८, बिहीबार ०१:१६
    2K
    SHARES
    धुर्कोट गाउँपालिकाद्वारा घर–घरमै पुगेर अपाङ्गता भएका नागरिकलाई सहयोग सामग्री वितरण

    गुल्मी, १८ मंसिर । ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा धुर्कोट गाउँपालिकाले अत्यन्तै अशक्त अपाङ्ग नागरिकका घर–घरमै पुगेर सहयोग सामग्री वितरण गरेको छ। कार्यक्रममा धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पाछाई, महिला विकास शाखा प्रमुख सुजता गिरीलगायतको टोली सहभागी थियो।

    कार्यक्रममा उपाध्यक्ष सीता गिरीले भन्नुभयो , “हामी सबै फरक–फरक क्षमताका साथ जन्मेका हौं। अपाङ्गता कमजोरी होइन, अवसर र अधिकारको विषय हो। सबैमा समान अधिकार, समान सम्मान सुनिश्चित गर्नु हाम्रो दायित्व हो।”

    त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईले अपाङ्गता भएका नागरिकलाई घर–घरमै पुगेर सेवा पुर्‍याउनु गाउँपालिकाको प्राथमिकताभित्र रहेको बताउँदै भन्नुभयो,“अपाङ्गता भएका व्यक्तिहरू राज्यका विशेष संरक्षित नागरिक हुन्। उनीहरूको आवश्यकतानुसार सहुलियत, सेवा र सामग्री सुनिश्चित गर्दै आत्मविश्वास थप मजबूत बनाउने हाम्रो लक्ष्य हो।”

    गाउँपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिको पहुँच, अवसर र सम्मानलाई अझ प्रभावकारी बनाउने कार्यक्रम निरन्तर अघि बढाइने जनाएको छ।



    lumbinisanjal   
  • २०८२ मंसिर १८, बिहीबार ०१:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP