• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा राष्ट्रिय सेवादलको सिनियर डिभिजन निरीक्षण सम्पन्न

    • lumbinisanjal
    • २०८२ कार्तिक २५, मंगलवार १५:१२
    2.6K
    SHARES
    नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा राष्ट्रिय सेवादलको सिनियर डिभिजन निरीक्षण सम्पन्न

    बुटवल, २५ कार्तिक। देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा राष्ट्रिय सेवादलद्वारा सञ्चालित सिनियर डिभिजनको निरीक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

    कार्यक्रममा राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालय हात्तीखोर, नवलपरासी (बसुपू) का शिक्षा अधिकृत तथा प्रमुख सेनानी दिनेश चौलागाईं प्रमुख अतिथि रहेका थिए। उनले राष्ट्रिय सेवादल सन् २०२२ मा स्थापना भएको उल्लेख गर्दै यसले विद्यार्थीमा राष्ट्रियता, नैतिकता, अनुशासन र इमानदारीता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

    उनका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी जीवनको महत्वपूर्ण मोडमा हुने भएकाले सेवादल तालिमले उनीहरूलाई सुमार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

    त्यस्तै, बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष तथा विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीले सेवादल तालिमले विद्यार्थीमा सेवा भावना र नेतृत्व क्षमता विकास हुने बताउँदै राष्ट्रको समृद्धिमा योगदान पुग्ने धारणा राखे।

    विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले कक्षा ११ का व्यवस्थापन, सिभिल इन्जिनियरिङ, विज्ञान, कानुन र शिक्षा समूहका करिब १,२५० विद्यार्थीमध्ये जिपिए, दौड, भलिबल, फुटबल, मार्शल आर्ट र नृत्यमा देखाएको दक्षताका आधारमा सहभागी छनोट गरिएको जानकारी दिए। उनले विद्यालयका शैक्षिक अभ्यास र विद्यार्थीमा अनुशासनात्मक सुधारका पक्ष पनि प्रस्तुत गरे।

    कार्यक्रममा राष्ट्रिय सेवादल हात्तीखोर नवलपरासीका तालिम पदिक जम शंकर खड्का, प्रशिक्षकद्वय शेरबहादुर कठायत र शुशिला पुन, विद्यालयका राष्ट्रिय सेवादल समन्वय शिक्षक तथा खेलकुद प्रशिक्षक दिपककुमार क्षेत्रीलगायतको सहभागिता रहेको थियो।



    lumbinisanjal   
  • २०८२ कार्तिक २५, मंगलवार १५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP