• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राजधानी सार्ने एमाले नेता पौडेलको दोहोरो चरित्र उदाङ्ग भयो : नेता पोख्रेल

    • lumbinisanjal
    • २०८२ बैशाख ७, आईतवार १५:१२
    12.6K
    SHARES
    राजधानी सार्ने एमाले नेता पौडेलको दोहोरो चरित्र उदाङ्ग भयो : नेता पोख्रेल

    बुटवल,७ बैशाख । नेपाली कांग्रेसका युवा नेता एवम नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य विष्णु पोख्रेलले सामाजिक सञ्जाल फेसबुक मार्फत लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्र सार्न एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल दोहोरो भूमिका निर्वाह गरेको उजागर हुँदै गएको बताएका छन् ।

    केही दिनअघि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजधानी सारेको सन्दर्भका दिएको अभिव्यक्तिले यो तथ्य थप पुष्टि भएको उनको दाबी छ ।

    नेकपा एमाले रुपन्देहीले चैत २९ गते बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूसहित रुपन्देहीका प्रतिनिधिसभा सदस्य विष्णु पौडेल र पूर्वमुख्यमन्त्री शंकर पोखरेलको तालमेलका कारण बुटवलबाट सिंहदरबार भालुवाङ सार्न सम्भव भएको बताएका थिए ।

    उनले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै रहनुपर्छ भन्ने उद्देश्यले तत्कालीन समयमा आफू लगायतले आन्दोलन गरेर थुनामा परेको तर विष्णु पौडेल लगायतको दोहोरो भूमिकाले राजधानी सरेको अहिले आएर पुष्टि भएको बताए । ‘हामीले आन्दोलन गरेको विषय सवैलाई थाहानै भएको कुरा हो । त्यतिबेला राजधानी बुटवलमै हुनुपर्छ भन्ने आन्दोलनमा सहभागी हुदै गर्दा म लागायत केही साथीहरुलाई पक्राउ गरी केही दिन थुनामा राखीएको थियो,’ उनले भने, ‘तत्कालीन समयमा कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री हँुदा अस्थायी राजधानी बुटवलमै रहने निर्णय पनि भएकै थियो । त्यती वेला नेपाली कांग्रेसका नेता वालकृष्ण खाणले पहल गरेकोमा धन्यवाद पनी दिएका छन् तर पछी स्थायी राजधानी वनाउदा एमाले नेता पौडेल र शंकर पोखरेलको मिलेमतोमा राजधानी सारियो ।

    नेता पोखरेलले जनस्तरबाट शुरुदेखि नै लाग्दै आएको आरोपको प्रधानमन्त्री ओलीले पुष्टि गरेको बताए । ‘हिजो जनताले राजधानी सार्ने विष्णु पौडेल हुन् भन्दा मलाई विश्वास थिएन,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भनेपछि मात्र पत्याउन वाध्य भएँ, राजधानी बुटवलवाट सार्नकालागी विष्णु पौडेल र शंकर पोखरेलको मिलमतो रैछ ।’ अव बुटवलवासी जनतालाई उनकै अध्यक्षले प्रष्टसँग सवैले बुझने गरी विष्णु पौडेलको दोहोरो भुमीका बुझाईदिएपछी थप केही भन्नु नपर्ने उनको भनाइ छ ।

    राजधानी बुटवलवाट सरेपछी बुटवल र यस आसपासको अर्थतन्त्र धरासायी भएको भन्दै कुनै पनी संरचना नभएको ठाउमा राजधानी वनाउदा राज्यको फजुल खर्च वढेका वताए । पोखरेल अखण्ड लुम्वीनीका नेतृत्वकर्ता पनी हुन् उनकै नेतृत्वमा अखण्ड लुम्वीनीको माग गर्दै लामो समय बुटवलमा आन्दोलन भएको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख ७, आईतवार १५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP