• २०८३ मंसिर ७ | Sun, 22 Nov 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटमा चुनावी सरगर्मी : गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने मेघनाथ अर्यालको तयारी

    • lumbinisanjal
    • २०८३ मंसिर २, मंगलवार १९:१२
    104
    SHARES
    धुर्कोटमा चुनावी सरगर्मी : गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने मेघनाथ अर्यालको तयारी

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र उम्मेदवारीको तयारी सुरु भएको छ। धुर्कोट ६ रजस्थलका मेघनाथ अर्यालले गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको बताउनुभएको छ। उहाँ कृषि कर्ममा व्यस्त हुनुहुन्छ ।

    अर्यालका अनुसार अध्यक्ष र उपाध्यक्षसहित गाउँपालिकाका सातवटै वडामा वडा अध्यक्ष तथा वडा सदस्यका उम्मेदवारसमेत तयार भइसकेका छन्। युवाहरूको सहभागिता र सामूहिक नेतृत्वमा स्वतन्त्र टिम निर्माण गरी चुनावी मैदानमा उत्रिने उहाँको तयारी छ।

    परम्परागत राजनीतिक दलको विकल्पका रूपमा स्वतन्त्र टिम बनाएर जनतामाझ जाने तयारी गरिएको अर्यालको भनाइ छ। गाउँपालिकाको समग्र विकास, सुशासन र जनताको अपेक्षालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउने उहाँको योजना रहेको छ।

    सातवटै वडामा उम्मेदवार तयार पारेर एकैसाथ निर्वाचनमा होमिने तयारीले धुर्कोटको आगामी चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।



    lumbinisanjal   
  • २०८३ मंसिर २, मंगलवार १९:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP