• २०८३ आश्विन १७ | Sat, 03 Oct 2026
  • Dark Mode

          Subscribe

    पश्चिम नेपालबाट बाहिरियो मनसुन

    • lumbinisanjal
    • २०८३ आश्विन १७, शनिबार १३:३४
    182
    SHARES
    पश्चिम नेपालबाट बाहिरियो मनसुन

    पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।

    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जानकारी दिएको हो।

    महाशाखाले भनेको छ, ‘आज मिति २०८३ असोज १७ (3rd October, 2026) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट बाहिरिएको छ।’

    मौसमविद्का अनुसार मनसुन एकैचोटि पूरै देशबाट बाहिरिँदैन। यो प्रणाली देशको पश्चिमी क्षेत्रबाट क्रमश: हट्दै हट्दै पूर्व कोसी प्रदेशबाट बाहिरिन्छ। मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिन केही दिन लाग्छ।



    lumbinisanjal   
  • २०८३ आश्विन १७, शनिबार १३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP