• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘सपना मात्र होइन, जिम्मेवारी पनि’ : १३० विद्यार्थीलाई आकारुई एजुकेशनलको फेरिभेटौला

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार १७:५९
    1.2K
    SHARES
    ‘सपना मात्र होइन, जिम्मेवारी पनि’ : १३० विद्यार्थीलाई आकारुई एजुकेशनलको फेरिभेटौला

    विदेशी शिक्षासँगै जिम्मेवारी र यथार्थ बुझ्न आग्रह, अनुभवलाई देशमै प्रयोग गर्न प्रेरणा 

    बुटवल, १५ चैत । बुटवलको मिलनचोकस्थित आकारुई एजुकेशनल कन्सल्टेन्सी प्रा. लि., बुटवल शाखाले जापान अध्ययनका लागि प्रस्थान गर्न लागेका विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य बिदाइ(फेरि भेटौला) कार्यक्रम सम्पन्न गरेको छ। शनिबार बुटवलस्थित डियालो फुडल्याण्डमा आयोजित कार्यक्रममा १३० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि तथा चितवनस्थित आकारुई प्रधान कार्यालयका सञ्चालक प्रजोल पौडेलले विदेश अध्ययनलाई अवसरका रूपमा मात्र नभई जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए। उनले “विद्यार्थीहरूले विदेशबाट आर्जन गर्ने ज्ञान, सीप र अनुभवलाई अन्ततः देशको विकासमा प्रयोग गर्नुपर्छ। अवसरप्रति सजग रहँदै निरन्तर मेहनत गर्नु आवश्यक हुन्छ” उनले भने ।

    कार्यक्रमका अध्यक्ष तथा बुटवल शाखाका सञ्चालक आयुष सापकोटाले जापान जान लागेका विद्यार्थीहरूलाई यथार्थपरक सोचका साथ अघि बढ्न सुझाव दिए। उनले अत्यधिक अपेक्षा बोकेर विदेश नजान आग्रह गर्दै त्यहाँ सिकेका सीप र अनुभवलाई नेपाल फर्केर उपयोग गर्नु नै वास्तविक सफलता रहेको बताए ।

    कम्पनीकी प्रबन्ध निर्देशक किरण पाण्डेले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिन् । उनले विदेश अध्ययनलाई अवसरका रूपमा ग्रहण गर्दै अनुशासन, परिश्रम र धैर्यतालाई प्राथमिकता दिन आग्रह गरिन्।

    कार्यक्रमको सञ्चालन अर्जुन कँडेलले गरेका थिए। कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो। नृत्यांगना अनुष्का शर्मा ,गायिका शिला गुरुङ , गायक विक्रम परियारको प्रस्तुतीले कार्यक्रमलाई अझै जीवन्त बनाएको थियो।

    आकारुई एजुकेशनल कन्सल्टेन्सीले नियमित रूपमा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श, मार्गदर्शन तथा पूर्व-तयारी सम्बन्धी अभिमुखीकरण प्रदान गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई मानसिक रूपमा तयार पार्ने, जिम्मेवारीबोध गराउने र विदेशमा सफल हुन आवश्यक आधार तयार गर्ने उद्देश्य राखिएको संस्थाले स्पष्ट पारेको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार १७:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP