• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रेसुङ्‍गा क्षेत्रमा लालीगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    • lumbinisanjal
    • २०८२ चैत्र ४, बुधबार १८:१८
    1K
    SHARES
    रेसुङ्‍गा क्षेत्रमा लालीगुराँस संरक्षण गर्न नगरपालिकाको अपिल

    गुल्मी ,४ चैत । रेसुङ्गा नगरपालिकाले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको रेसुङ्गा क्षेत्रको प्राकृतिक सौन्दर्य जोगाउन सबैलाई आग्रह गरेको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै पछिल्लो समय विभिन्न स्थानबाट भ्रमणका लागि आउने आगन्तुक तथा पर्यटकहरूले रेसुङ्गा क्षेत्रका लालीगुराँस लगायत अन्य वनस्पतिहरूमा क्षति पुर्‍याउने कार्य बढेको गुनासो आएको उल्लेख गरेका छन् ।

    यसले क्षेत्रको प्राकृतिक सुन्दरता घट्दै गएको र वातावरणीय सन्तुलनमा असर परेको उल्लेख छ ।

    नगरपालिकाले यस्तो कार्य नगर्न सबै नागरिक तथा पर्यटकहरूलाई आग्रह गर्दै रेसुङ्गाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व जोगाउन सहयोग गर्न अपिल गरेको छ।

    यस सम्बन्धमा सरोकारवाला निकाय तथा सर्वसाधारणबाट समेत संरक्षणमा सहयोगको अपेक्षा गरिएको छ। अहिले रेसुङ्गा क्षेत्रमा लालीगुराँस फुलेर रमणीय बनेको छ । जसले गर्दा विभिन्न ठाउँबाट मानिसहरू रेसुङ्‍गा पुग्ने गरेका छन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र ४, बुधबार १८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP