• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा सांस्कृतिक माहोलसहित २४ दिने ‘महामेला’ सुरु, बजार चलायमान बनाउने अपेक्षा

    • lumbinisanjal
    • २०८२ चैत्र १, आईतवार २२:२६
    1.2K
    SHARES
    बुटवलमा सांस्कृतिक माहोलसहित २४ दिने ‘महामेला’ सुरु, बजार चलायमान बनाउने अपेक्षा

    बुटवल, १ चैत। बुटवलमा सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र व्यापारिक गतिविधिलाई एकसाथ जोड्ने उद्देश्यसहित २४ दिने ‘बुटवल महामेला’ सुरु भएको छ।

    बुटवल उपमहानगरपालिका–११ स्थित देविनगर रंगशालामा आयोजना गरिएको महामेलाको आइतबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन्।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पाण्डेयले बुटवलको बजारलाई चलायमान बनाउन मेला–महोत्सव जस्ता गतिविधि निरन्तर सञ्चालन हुनुपर्ने बताए। उनले यस्ता कार्यक्रम सञ्चालन गर्दा उपभोक्ताको हितलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उपमहानगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

    महामेला आयोजक फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिका अध्यक्ष गोविन्द भुसालले चैत १ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने महामेला बुटवलको व्यापारिक गतिविधि बढाउने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए।
    उनका अनुसार महामेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ। मेलाको मुख्य आकर्षणका रूपमा बुर्ज खलिफा, सिंहदरबार, धरहरा, बुद्ध मूर्ति लगायतका संरचना निर्माण गरिएको छ, जसले लुम्बिनी क्षेत्रको झल्को दिने गरी तयार पारिएको छ।

    महामेलामा जलपरी प्रदर्शन, कपल डान्स, बाल उद्यान, सर्कस, टिकटक प्रतियोगिता तथा नृत्य प्रतियोगितासमेत आयोजना गरिने आयोजकले जनाएको छ। मेलामा विभिन्न सामग्रीका करिब १२० वटा स्टल राखिएको छ।

    आयोजकका अनुसार मेलाको अवधिभर करिब ५ लाख दर्शकले अवलोकन गर्ने र १ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।

    उद्घाटन समारोहअघि मेलास्थलबाट पञ्चेबाजा र आकर्षक झाँकीसहितको ¥याली निकालिएको थियो, जसले देविनगर क्षेत्रलाई उत्सवमय बनाएको थियो।

    सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेका अनुसार सोमबार हुने कार्यक्रममा र्‍यापर माइला, गायक विशाल सोनी, भुवन खड्का, गायिका विष्णु मगर, रितु मगर, सोनी डान्स ग्रुप तथा विभिन्न डान्स स्टुडियोका कलाकारहरूको प्रस्तुति रहनेछ।

    भोलीका आकर्षक



    lumbinisanjal   
  • २०८२ चैत्र १, आईतवार २२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP