• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    भारतमा मृत्यु भएकी भैरहवाकी प्रकृतीको रहस्यमय मृत्यु प्रकरण : बुवा ओडिसा पुगे

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार १५:५६
    36.9K
    SHARES
    भारतमा मृत्यु भएकी भैरहवाकी प्रकृतीको रहस्यमय मृत्यु प्रकरण : बुवा ओडिसा पुगे

    बुटवल , ५ फाल्गुन । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा मृत भेटिएकी छात्रा रुपन्देहीको भैरहवा बैंक कलौनीकी वासिन्दा भएको खुलेको छ । उनी सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थायी घर भएका सुनिल लम्सालकी छोरी हुन् ।

    प्रकृती त्यहाँ बीआइटी तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन् । भैरहवामा स्थायी घर भए पनि लम्साल परिवार काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए । भैरहवाको घरमा सुनिलका बुबाआमा मात्रै रहेका छन् ।सिनपा ८ का वडा सदस्य थानेश्वर पौडेलका अनुसार छोरीको घटना सुनेपछि सुनिल सिलगुढीको बाटो उडिसातर्फ गएका छन् । पत्नी सरीता भने हिँड्ने बेलामा बेहोश भएर ढलेपछि जान नसकेको पारिवारिक स्रोतले बताएको छ ।

    उनलाई अहिले स्थलमार्गबाट भैरहवा ल्याइँदै छ ।‘यहाँ घर भए पनि उहाँहरु व्यवसाय गर्दै काठमाडौंमा बस्नुहुन्थ्यो । घटना सुनेपछि म पनि घरमा पुगेँ । बुढा भएका नानीका हजुरबुवाआमा रोइरहनुभएको छ । सबै विवरण त खुलेको छैन, तर बुवाआमा काठमाडौंबाट सिलगुढीको बाटो हुँदै आजै उडिसा पुग्नेगरी गएको सूचना पाएँ । उनीहरुको एक छोरा र एक छोरी भएजस्तो लाग्छ,’ उनले भने ।

    आफ्नै टोलमा भएको यस्तो दुःखद घटनाले स्तब्ध बनाएको पौडेलले बताए । प्रकृतीका बुवाआमा सोमबार नै शव राखिएको अस्पतालमा पुगेको बुझिएको छ । मंगलबार मात्रै शवको पोष्टमार्टम गर्ने तयारी छ ।

    आफन्तका अनुसार दसै बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज फर्केकी उनी घर आएकी थिइनन् ।

    प्रकृतीले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको साथीहरुले बताएका छन् ।

    रुपन्देहीकी विद्यार्थीको मृत्यु भएपनि रुपन्देही प्रशासनमा कुनै औपचारिक जानकारी छैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मिडियामा यो विषय सुनेपनि कहाँको के भन्ने विषयमा केही जानकारी नआएको बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार १५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP