• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव

    • lumbinisanjal
    • २०८२ पुष २६, शनिबार १४:३०
    1K
    SHARES
    जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव

    काठमाडौं,२६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय संवाद आवश्यक रहेको बताएका छन्।

    उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै यसबारेमा सुझाव दिन पनि आह्वान गरेका छन् ।

    थापाले जेन–जी आन्दोलनले केही समयदेखि ओझेलमा परेका राष्ट्रिय मुद्दालाई पुनः बहसको केन्द्रमा ल्याएको उल्लेख गर्दै ती विषयलाई बेवास्ता गर्न नहुने बताए।

    साथै यस्ता मुद्दामा साझा बुझाइ बनाउन र समाधान खोज्न दलहरूबीच खुला र अर्थपूर्ण संवाद हुन जरुरी रहेको उनको भनाइ छ।



    lumbinisanjal   
  • २०८२ पुष २६, शनिबार १४:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP