• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा अवैध सामान बरामद

    • lumbinisanjal
    • २०८२ पुष २१, सोमबार ०९:०५
    884
    SHARES
    रुपन्देहीमा अवैध सामान बरामद

    बुटवल ,२१ पुस । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिव ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

    यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी आठ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    अवैध सामान, ल्याउन प्रयोग गरिएका सवारीसाधन र संलग्न व्यक्तिलाईसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।



    lumbinisanjal   
  • २०८२ पुष २१, सोमबार ०९:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP