• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा स्थापना दिवसमा रक्तदान र अनाथ आश्रममा भोजन सेवा

    • lumbinisanjal
    • २०८२ पुष १२, शनिबार १८:३६
    3.7K
    SHARES
    मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा स्थापना दिवसमा रक्तदान र अनाथ आश्रममा भोजन सेवा

    बुटवल, १२ पुस । मदिरा व्यवसायी संघ रुपन्देहीले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको छ ।

    स्थापना दिवसको अवसरमा संघले शुक्रबार बुटवल ब्लड बैंकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ५० युनिट रगत संकलन भएको संघका अध्यक्ष बावुराम ज्ञवालीले जानकारी दिए ।

    यसै अवसरमा शनिबार बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित अनाथ आश्रममा भोजन सेवा अर्पण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम संयोजक बाबुलाल खनालका अनुसार सो अवसरमा ४५ जनाभन्दा बढीलाई भोजन सेवा प्रदान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार दिनेश श्रेष्ठले नयाँ कार्यसमिति आएपछि जिल्लामा सकारात्मक र उदाहरणीय कामको सुरुवात भएको उल्लेख गर्दै व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    उहाँले स्वस्थ प्रतिस्पर्धामार्फत व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा संघका सल्लाहकार अशोक श्रेष्ठ, व्यवसायी सुवर्ण सिलवाल, संघका कार्यसमिति सदस्य तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव जीवन पाण्डेले गर्नुभएको थियो ।

    संघका अध्यक्ष बावुराम ज्ञवालीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ पुष १२, शनिबार १८:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP