• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    मर्मस्पर्शी लोक गित म रोएको कस्ले देख्छ र सार्वजनिक (भिडियो सहित)

    • lumbinisanjal
    • २०८१ फाल्गुन ४, आईतवार १४:१५
    13K
    SHARES
    मर्मस्पर्शी लोक गित म रोएको कस्ले देख्छ र सार्वजनिक (भिडियो सहित)

    बुटवल , ४ फाल्गुन । पछिल्लो समय लोकगितले नेपाली बजारमा छुट्टै आयाम ल्याइरहेका छन् । सरल र मिठास शब्द चयन भएका लोकगित/दोहोरी सहज र सरल ढंगले सवै रहनसहन जातजातीले बुझ्ने भाका अन्तर्गत पर्दछन ।

    नेपाली लोकसंगितको बजारमा भर्खर मात्र रिलिज भएको गित हो म रोएको कस्ले देख्छ र ! यो गितमा सुख र दुख दुवै क्षणलाई उल्लेख गरि कथाको रुपमा कलाकार र सर्जक प्रस्तुत भएको देखिन्छ ।

    नेहर बुढाथोकी र पुजा देवकोटाको स्वर रहेको उक्त गितमा लय दुर्गा पौडेल म्युजिक नेहर बुढाथोकी एरेञ्ज विशाल निरौलाको रहेको छ भने लोकप्रिय मोडल आशिर प्रताप जंग , कृष्णबाबू भण्डारी , कृपा पौडेल , रियान्सा पौडेल र सिम्रन ज्ञवालीले न्याय सहित गरेको देख्न सकिन्छ ।

    मारुनी डिजिटलले बजारमा ल्याएको उक्त गितलाई गुड लक नेपाल युट्युव च्यानलमा देख्न सकिन्छ । लोकसंगीत क्षेत्रमा नयाँ कलाकारको आकर्षणले झन नेपाली लोक संगितको बजारमा छुट्टै उर्जा थपेको लोकप्रिय मोडल तथा निर्देशक आशिर प्रताप जंगले लुम्बिनी सञ्जाललाई बताउनुभयो ।

    उहाँले वास्तवममा उकाली ओराली भञ्ज्याङ चौतारीमा आफ्ना बह पोख्ने भनेकै लोकसंगित रहेको र लोकसंगितलाई नेपाल सरकारले विशेष ढंगले चासो राखी संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ।

    हेर्नुहोस:



    lumbinisanjal   
  • २०८१ फाल्गुन ४, आईतवार १४:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP