• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    ग्यास्ट्रो सेन्टर तीन वर्षमा, उच्चस्तरीय उपचारमा नयाँ इआरसीपी मेसिन थपिँदै

    • lumbinisanjal
    • २०८२ मंसिर १७, बुधबार १४:०७
    3K
    SHARES
    ग्यास्ट्रो सेन्टर तीन वर्षमा, उच्चस्तरीय उपचारमा नयाँ इआरसीपी मेसिन थपिँदै

    बुटवल, १७ मंसिर । लुम्बिनी प्रदेशको स्वास्थ्य हबका रूपमा विकसित बुटवलमा ग्यास्ट्रो, पेट तथा कलेजोसम्बन्धी जटिल रोगका बिरामीलाई काठमाडौँ वा दिल्लीजस्ता टाढाका सहरमा धाउन नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको ग्यास्ट्रो सेन्टर तीन वर्ष पूरा भएको छ।

    बुटवलमै पहिलो पटक उच्चस्तरीय इन्डोस्कोपी, कोलोनोस्कोपी, इआरसीपीजस्ता आधुनिक प्रविधि उपलब्ध गराउँदै आएको यो केन्द्रले सामान्यदेखि जटिल पाचन प्रणाली, कलेजो, आन्द्रा तथा पेटसम्बन्धी रोगहरूको उपचार गरिरहेको ग्यास्ट्रो सेन्टरले जनाएको छ।

    वरिष्ठ पेट ,आन्द्रा ,कलेजो तथा प्यान्क्रियास रोग विशेषज्ञ डा. मोहन भुसाल लगायतको विशेषज्ञ टोलीले सेवा दिइरहेको छ। डा. भुसालका अनुसार हालसम्म यस आर्थिक वर्षमा ४ हजारभन्दा बढी बिरामीको उपचार गरिएको उल्लेख गर्नुभयो ।

    उहाँका अनुसार अर्घाखाँची, प्युठान र देवदहमा तीनवटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा १ हजारभन्दा बढी बिरामीको निःशुल्क परीक्षण, करिब १ सय जनाको इन्डोस्कोपी तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। शिविरका क्रममा ७ जना क्यान्सरका बिरामी समेत पहिचान गरिएको डा. भुसालले जानकारी दिनुभयो।

    तेस्रो वर्षको सुरुवातसँगै ग्यास्ट्रो सेन्टरले यस क्षेत्रमै पहिलोपटक इआरसीपी मेसिन सञ्चालनमा ल्याउने तयारी गरेको छ। हाल संस्थामा २७ जना स्वास्थ्यकर्मी कार्यरत रहेको र ३ सिफ्ट मा सेवा सञ्चालन भइरहेको भुसालले बताउनुभयो ।

    वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।



    lumbinisanjal   
  • २०८२ मंसिर १७, बुधबार १४:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP