• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

    • lumbinisanjal
    • २०८२ मंसिर ४, बिहीबार १०:२५
    2K
    SHARES
    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

    काठमाडौं,०४ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    गत असोज २८ गतेदेखि सुरु भएको बैठक पटकपटक स्थगित हुँदै र चल्दै आएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयलाई लिएर मतभेद जारी छ ।

    पार्टीको महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि भन्नेमा नेताहरूवीच विवाद हुँदा केन्द्रीय समिति बैठक लम्बिँदै गएको छ ।

    केन्द्रीय समिति बैठकमा गत बिहीबार नै कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिइसकेको छ ।

    यसबीचमा पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि मतभेद समाधान हुने अपेक्षा गरिए पनि कुनै प्रगति देखिएको छैन ।

    कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत मंसिर–पुसभित्र नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा निकट केही पदाधिकारी तथा पूर्वपदाधिकारीहरू निर्वाचनपछि वैशाखमा गर्नुपर्ने पक्षमा छन् ।



    lumbinisanjal   
  • २०८२ मंसिर ४, बिहीबार १०:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP