• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय

    • lumbinisanjal
    • २०८१ माघ ३०, बुधबार १३:०४
    1.9K
    SHARES
    स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय

    बुटवल , ३० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रस्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रूपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ ।

    प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा खरिद गर्ने कार्यमा सम्बन्धित विभागीय प्रमुखकै जिम्मेवारी रहने सार्वजनिक खरिद ऐनको व्यवस्था उल्लेख गर्दै कानूनको पालना नभएको अवस्थामा सम्बन्धित कर्मचारीहरू नै जिम्मेवार रहने कुरा बेवास्ता गरी मन्त्री तथा पदाधिकारीलाई निराधार आरोपमा निहित स्वार्थपूर्तिका लागि निरन्तर समाचार प्रकाशन हुनु पत्रकारिताको सिद्धान्त, मर्म र भावना विपरीत रहेको छ ।

    विज्ञप्तिमा केही समययता मन्त्रालयले थालेका सुधारका कामलाई ओझेलमा पार्ने र आम जनमानसमा भ्रम पैदा गर्ने काम भएको ठहर गरिएको छ । विज्ञप्तिमा पत्रकारिताको सिद्धान्तअनुसार वास्तविकता, सन्तुलन र विश्वसनीयताका आधारमा तथ्य र प्रमाणसहित पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दै गैरजिम्मेवारपूर्ण समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरिएको छ ।

    यसैबीच, स्वास्थ्य सेवा विभागलेसमेत एक विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिदको प्रक्रिया नै पूरा भई नसकेको अवस्थामा यसलाई प्रभावित पार्ने गरी गलत समाचार प्रकाशन भएको भन्दै नियमानुसार नै प्रक्रिया अघि बढिरहेको उल्लेख गरेको छ ।



    lumbinisanjal   
  • २०८१ माघ ३०, बुधबार १३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP