• २०८३ श्रावण २९ | Fri, 14 Aug 2026
  • Dark Mode

          Subscribe

    गाउँको भिरपाखाबाट बग्दै आएको स्वर–गुञ्जन : ‘रामनामी ओढाइदेउ’ 

    • lumbinisanjal
    • २०८२ आश्विन ११, शनिबार १४:४३
    9.2K
    SHARES
    गाउँको भिरपाखाबाट बग्दै आएको स्वर–गुञ्जन : ‘रामनामी ओढाइदेउ’ 

    बुटवल, ११ असोज । गुल्मीको धुर्कोट बस्तुमा जन्मिएर परदेशी भूमिमा रहँदै आएका काशिराम भण्डारीले आफ्नो गाउँघरको माटो, संस्कृति र संवेदनालाई स्वरमार्फत व्यक्त गर्ने प्रयास स्वरुप नयाँ लोकगीत ‘रामनामी ओढाइदेउ’ बजारमा सार्वजनिक गरेका छन् ।

    नेपालका चर्चित लोकगायक राजु परियारको स्वरमा रहेको यस गीतमा अशोक कुमार सापकोटा र काशी भण्डारीको शब्द रहेको छ । संगीत तथा एरेन्ज नारायण डंगोल, मिक्स मास्टर मनोज परियार, रेकर्डिङ गोपाल दयाल, रेकर्डिङ स्टुडियो म्युजिक प्लस ‘एमएफ’ मा गरिएको हो ।

    भिडियोमा काशीराम भण्डारी, निर्मला चन्द ‘न्याउली’, घनश्याम भण्डारी र सबिना पोखरेल भण्डारीको अभिनय रहेको छ । निर्देशन मिलन श्रेष्ठ, छायांकन विशाल गोंग्बा, मेकअप राजन पौडेल, सम्पादन तथा कलर रोशन धिताल, र पोस्ट–प्रोडक्सन मिलन फिल्म्स प्रोडक्सनको रहेको छ ।

    गीतको बोलमा समाजको विडम्बना र जीवनको गहिरो अनुभूति झल्किएको छः

    “जोगी भैयो बिग्रीयो घरवार, कस्ले गर्यो रक्सीको आविष्कार”

    “लौन ज्योतिष, रामनामी ओढाइदेउ, टुनामुना गरेर छोडाइदेउ”

    गाउँको कुना–कन्दरा र भिरपाखामा लुकेर रहेका जीवनका कथाहरूलाई स्वरमा उतार्ने प्रयास यो गीतमार्फत भएको छ ।

    📺 भिडियो हेर्नुहोस् :

     



    lumbinisanjal   
  • २०८२ आश्विन ११, शनिबार १४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP