• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे

    • lumbinisanjal
    • २०८१ माघ २८, सोमबार १८:०८
    3.8K
    SHARES
    प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे

    बुटवल , २८ माघ । प्रेस चौतारी नेपाल रुपन्देहीको आठौँ जिल्ला अधिबेशन तथा २६ औँ साधारण सभाबाट सर्वसम्मत पदाधिकारी एवम सदस्य चयन गरेको छ । संगठनको अध्यक्षमा भगवती पाण्डे चयन भएकी छन् । लामो समय पत्रकारितामा सक्रीय पत्रकार भगवती पाण्डे लुम्बिनी टेलिभिजन र सेटोपाटी डटकममा आवद्द छिन् ।

    त्यस्तै संगठनको खुल्ला उपाध्यक्षमा केशब भण्डारी , महिला उपाध्यक्षमा छायाँ आचार्य पन्थ ( बसन्ती) ,सचिबमा बिष्णु घिमिरे , सह-सचिबमा प्रतिक पौडेल, सत्यनारायण मानान्धर , कोषाध्यक्षमा एलिना आचार्य सर्वसम्मत निर्वाचित भएकी छन् । 

    त्यस्तै कार्यसमिति सदस्यहरुमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल भण्डारी , अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे (केदार), प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल र शिशिर पाण्डे लगायत रहेको २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको केन्द्रीय आयोगका अध्यक्ष गणेश खनालले लुम्बिनीसञ्जाललाई बताए ।

    त्यस्तै केन्द्रीय प्रतिनिधिमा भरत केसी, दिनेश पाण्डे, रामप्रसाद आचार्य, नरेश केसी, लक्ष्मण पौडेल, निरु गौतम र अर्जुन श्रेष्ठ रहेको निर्वाचन समिति सदस्य नविन के.सी.ले बताए ।

    त्यस्तै प्रदेश परिषद् सदस्यमा वी.पी. गौतम, रबिन्द्र प्रताप गुप्ता, राजकुमार धवल, दीपक न्यौपाने, मन बहादुर क्षेत्री (मनोज), सुमित्रा चापागाईं र प्रकाश आचार्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने प्रेस चौतारीको टीमप्रति आभार व्यक्त गरिन् । उनले विश्वास टुट्न नदिने प्रतिवद्धता व्यक्त गरिन् । साधारण सभा तथा अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए ।

    निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । निर्वाचन मण्डलका संयोजक डी.आर. घिमिरेले नवनिर्वाचित कार्यसमितिले अझ रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गरे ।

    प्रेस चौतारी रुपन्देहीको इतिहासमा पहिलो पटक महिलालाई अध्यक्ष बनाइएको हो ।



    lumbinisanjal   
  • २०८१ माघ २८, सोमबार १८:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP