• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    फरक उदेश्यका साथ क्लाउड एजुकेशनको नयाँ शाखा बुटवलमा

    • lumbinisanjal
    • २०८१ माघ २६, शनिबार ०४:१३
    2.3K
    SHARES
    फरक उदेश्यका साथ क्लाउड एजुकेशनको नयाँ शाखा बुटवलमा

    बुटवल , २६ माघ । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको क्लाउड एजेकेशन भिसा सर्भिसले बुटवलमा शाखा स्थापना गरेको छ । नेपालको लागि काठमाण्डौको डिल्लीबजारमा मुख्य कार्यालय रहेको क्लाउडको बुटवल शाखा छैठौं हो ।

    उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई परामर्श सहित आईईएलटिएस र पिटिई कक्षा सञ्चालन गर्नुका साथै परामर्श सेवा प्रदान गर्नेगरी बुटवलमा शाखा कार्यालय विस्तार गरिएको क्लाउड एजेकेशन भिसा सर्भिस सिड्नीका प्रमुख कार्यकारी अधिकृत सक्षम सुवेदीले जानकारी गराउनु भयो ।

    नेपालमा छैठौ शाखाको रुपमा बुटवलको मिलनचोकमा स्थापना गरिएको कार्यालयको शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा उहाँले वैदेशिक शिक्षामा जान चोहेका विद्यार्थीलाई सहज र सरल तरिकाले जाने वातावरण मिलाउन र विदेशमा उच्च शिक्षा अध्ययन पुरा भएपछि नेपालमै आएर काम गर्ने मानसिकता विकास गराउन पनि आग्रह गर्नुभयो । त्यस्तै देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्रीले पनि शुभकामना व्यक्त गर्नुभयाे ।

    क्लाउड एजेकेशन भिसा सर्भिसले विशेषतः अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजिल्याण्ड सहित युरोपका विभिन्न देशमा जान चाहेका विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिने क्लाउड एजुकेशन बुटवल शाखाका प्रवन्धक विजय गुरुङले जानकारी गराउनु भयो । क्लाउड एजेकेशन भिसा सर्भिसका काठमाण्डौको चावहिल सहित चितवन, इटहरी, बागलुङ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने कास्कीको पोखरा र झापाको विर्तामोडमा शाखा स्थापनाको तयारीमा रहेको पनि उहाँले बताउनु भयो ।

    सन् २०२२ मा अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको क्लाउड एजुकेशनले नेपाल सहित फिलिपिन्स, दुबई, पाकिस्तान, भारत र फिजीमा पनि शाखा विस्तार गरेको छ । क्लाउड मार्फत अहिलेसम्म नेपालबाट ३ हजार बढी विद्यार्थी उच्च शिक्षाका लागि विभिन्न देशमा गईसकेको क्लाउड सिड्नीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी गराउनु भयो ।

    क्लाउडले सुरुको दुई महिना IELTS र PTE क्लास नि:शुल्क गराउनुका साथै भिजा प्रोसेसिंगको रकम पनि विद्यार्थी संग नलिने बुटवल शाखाका प्रवन्धक बिजय गुरुङले लुम्बिनी सञ्जाललाई बताउनुभयो ।



    lumbinisanjal   
  • २०८१ माघ २६, शनिबार ०४:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP