• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मदानेमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

    • lumbinisanjal
    • २०८२ असार २३, सोमबार ०७:५०
    4.1K
    SHARES
    मदानेमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

    गुल्मी, २३ असार । मदाने गाउँपालिकाको आयोजनामा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले उत्कृष्ट सबै जनालाई सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा स्वेच्छिक अवकाश कोष प्रोत्साहन अनुदानअन्तर्गत सेवा निवृत शिक्षक चुराबहादुर बोहोरालाई सम्मान गरिएको थियो । उहाँलाई करकट्टी बाहेक नगद एक लाखसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।

    यसैगरी, एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यालयका प्रध्यानाध्यापक सञ्जयकुमार सेन, गाउँपालिका भित्र उत्कृष्ट नतिजा ल्याउने छात्रा अंशु पौड्याल र छात्र प्रशान्त भट्टराईलाई सम्मान गरिएको छ ।

    उत्कृष्ठ नतिजा ल्याउने दलित तर्फका छात्रा अप्सना विक र छात्र सूर्यबहादुर विक सम्मानित हुनुभएको छ । जनजाति तर्फका उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रा मुना घर्ती र छात्र मंजिल श्रेष्ठ तथा प्राविधिक धारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा मुना थापालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो ।

    साथै सिकाई उपलब्धी परीक्षण अन्तरगत कक्षा ३, ५, ८ र नौ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई सम्मान गरिएको छ । भने सिकाइ उपलब्धी परीक्षामा कक्षा ३, ५, ८ र ९ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

    त्यस्तै, उपाध्यक्षसँग शिक्षा कार्यक्रमअन्तर्गत विद्यालयले छनोट गरेर पठाएको ४४ जना जेहेन्दार, क्षमता प्रस्फुटनअन्तर्गत २१ जनालाई सम्मान गरिएको थियो ।

    वडा शिक्षा समितिले शिक्षक दरबन्दीको अनुपातको आधारमा सिफारिस गरेका ४० जना शिक्षक तथा कर्मचारीलाई सम्मान, बिद्यालयका विभिन्न तहका प्रध्यानाध्यापकसँग गरिएको करार सम्झौता अनुसार उत्कष्ट विद्यालयलाई अनुदान वितरण गरिएको मदाने गाउँपालिकाका शिक्षा शाखाका बिषय बिज्ञ खिमबहादुर कुँवरले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ असार २३, सोमबार ०७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP