• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रतिनिधिसभाबाट निजामती विधेयक पारित गरिँदै

    • lumbinisanjal
    • २०८२ असार १५, आईतवार ०७:२७
    2.1K
    SHARES
    प्रतिनिधिसभाबाट निजामती विधेयक पारित गरिँदै

    काठमाडौं,१५ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

    संसद सचिवालयले निर्धारण गरेको कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ ।प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने छ ।

    राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्ने छन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण पछि कार्यान्वयनमा आउनेछ ।



    lumbinisanjal   
  • २०८२ असार १५, आईतवार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP