• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार १७:०३
    2.1K
    SHARES
    ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

    खलङ्गा, ०३ असार । दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।

    आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।

    स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

    पाल केही दिन अगाडि मात्रै बिदामा घर आएका थिए ।



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार १७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP