• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

    • lumbinisanjal
    • २०८२ जेष्ठ १८, आईतवार ११:२२
    2.8K
    SHARES
    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

    काठमाडौं,१७ जेठ। कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । बाँकेमा केन्द्रीय कार्यालय रहेको बैंकका अध्यक्ष रायलाई २ अर्ब ५० करोड रकम हिनामिनाको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

    रायलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनलाई म्याद थपका लागि बाँके लगिँदै छ । रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान सुरु गरिएको छ ।

    राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । २०६० सालमा खुलेको बैंकको रकम हिनामिना गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार थिए



    lumbinisanjal   
  • २०८२ जेष्ठ १८, आईतवार ११:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP